ककनीको उच्च भोल्टेजको तारमा चढेका विकको हेलिकप्टरबाट उद्धार

ककनीको उच्च भोल्टेजको तारमा चढेका विकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका विकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो । प्रसारण लाइनमा झुन्डिएर हिँड्ने पुरुष नुवाकोटको बेलकोट गढी नगरपालिका–१२ घर भएका माइला विक हुन् । शनिवार बिहान ११ बजेदेखि विक ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रसारण लाइनबाट बिजुलीको तारमा चढेका थिए ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्