काठमाडौं । सुनको मूल्य प्रतितोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।
सुनको मूल्य आईतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । १५ रुपैयाँले बढेर प्रतितोलामा एक हजार २८० कारोबार भइरहेको महासंघले जनाएको छ ।