अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका-९ चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका-१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

उक्त ठाउँमा ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्