माछा मार्ने क्रममा दुई जनाको मृत्यु

माछा मार्ने क्रममा दुई जनाको मृत्यु

तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।

आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए ।

दुवैजना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उनले भने, “अझै पनि उनीहरुको तस्बिर आँखा अगाडि झल्झली घुमिरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्