चीनमा आजदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु

चीनमा आजदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु

चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र बचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।

राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ ।कोरोना भइरहेको महामारीका कारण यस वर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ । चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ । त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ ।

सप्ताहको क्रममा उर्जा सम्वन्धी प्रदर्शनी र नयाँ नयाँ प्रविधि तथा उपायहरुका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ । जुन १३ देखि सुरु भएको उर्जा वचन सप्ताह जुन १९ सम्म चल्ने छ । चीनमा सन् १९९१ देखि हरेक बर्ष उर्जा सप्ताह हुने गरेको छ । रासस / सिन्ह्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्