एएफसी एसियन कप छनोट : नेपाल र इन्डोनेसिया भिड्दै

एएफसी एसियन कप छनोट : नेपाल र इन्डोनेसिया भिड्दै

विराटनगर । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज राति इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा राति १:०० बजे सुरु हुने खेलमा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

यस अघि नेपालले लगातार दुई खेल गुमाएर नेपाल छनोटबाट बाहिरि सकेको छ । पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलले पराजित भएको थियो । इन्डोनेसिया तुलनात्मक रुपमा नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

दुई खेलबाट समान तीन अंक बनाएको इन्डोनेसिया र कुवेत दोस्रो र तेस्रो स्थानमा छ । दुई खेलबाट ६ अंक बनाएको जोर्डन तालिकाको शीर्षस्थानमा छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्