लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले मंगलबार बिहान राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई हातपात गर्नुभएको थियो । घरमै पुगेर उहाँले भण्डारीलाई हातपात गर्दा विवाद भएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो ।मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछको काम भइरहेपनि महिलामाथि किन हातपात गरेको भन्ने विषयमा यकिन खुल्न सकेको छैन ।

उनका श्रीमान उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपचुनावमा उनी निर्वाचित भएकी थिइन् । वली श्रीमान उत्तरको मृत्यु भएपछि एकराजसँग नजिक रहेको पछिल्ला घटनाक्रमले देखाएको छ । नेकपा एमालेबाट निर्वाचित भएकी वली अहिले नेकपा माओवादी केन्द्रमा छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्