राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक असारमा

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक असारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने प्रचार विभागका सदस्य सचिव सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

देशैभरबाट सहभागी हुने नेताले सम्बन्धित जिल्लामा पार्टीले सञ्चालन गरेका राजनीतिक तथा सामाजिक कार्यबारे बैठकमा रिपोटिङ गर्ने छन् ।

सातै प्रदेशमा सङ्गठनको अवस्था, कार्ययोजनाबारे प्रदेश प्रमुखले जानकारी गराउनका साथै आगामी प्रदेश र सङ्घीय निर्वाचनमा जनवर्गीय सङ्गठन परिचालन गरी पार्टीलाई धेरै स्थानमा विजयी बनाउन आवश्यक रणनीति बैठकमा तयार पारिने छ । पार्टीले विभिन्न विभागमा प्रमुख नियुक्त गरी जिम्मेवारी दिएको छ भने केहीमा प्रमुख तोक्ने कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्