शेयर बजार दाेहाेराे अङ्कले घट्यो

शेयर बजार दाेहाेराे अङ्कले घट्यो

विराटनगर । शेयर बजार आज मंगलबार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २६ विन्दुमा झरेकाे छ । कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १२, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४६, जलविद्युत् ६६, जीवन बीमा १८६, उत्पादन ६७, माइक्रोफाइनान्स ७७, निर्जीवन बीमा २४२, अन्य ५१ र ब्यापार उपसमूह ५३ अंक घटे । जम्मा ५ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो । आँधिखोला लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा बलेफी हाइड्रोको ८ प्रतिशतले घटेको छ। भने कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक र उपकार लघुवित्त बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्