अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरबाट करिब १६ केजी अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-१ मुङरीकोट बस्ने ३४ वर्षीय कुमार घ्यावा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रजैयाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.१ ज १६५६ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-५ हसनपुरस्थित मालिका मोवाईल ग्यालरी संचालन गरी बस्ने २८ वर्षीय सुरत चौधरीलाई करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१ धम्बोजी चोक बस्ने २६ वर्षीय सुनिल पासीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्