रवि लामिछानेले ग्योलेक्सी टेलिभिजन छाड्दै , प्रतिनिधी सभा चुनावमा लड्ने तयारी

<span class='c1'>रवि लामिछानेले ग्योलेक्सी टेलिभिजन छाड्दै ,</span> <span class='c2'>प्रतिनिधी सभा चुनावमा लड्ने तयारी</span>

विराटनगर । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् ।
बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ । टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् ।
आज बेलुका प्रशारण हुने “सिधा कुरा” आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका छन् । लामिछानेले टीभी छाड्ने र राजनीतिमा प्रवेश गर्ने निकट स्रोतले जनाएको छ ।
उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।
अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् । उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्