पाल्पा–बुटवल सडकखण्ड : टिपर चलाउन रोक

<span class='c1'>पाल्पा–बुटवल सडकखण्ड :</span> <span class='c2'>टिपर चलाउन रोक</span>

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मालबाहक सवारी साधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो ।

सडकमा अत्यधिक भारवहन भएका टिपर सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । यस सडकखण्डमा दैनिक सवारी साधनको चाप बढ्दो छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्