निःशुल्क स्वास्थ्य शिविरमा डा.शेखर कोइरालाले जाँचे बिरामी

<span class='c1'>निःशुल्क स्वास्थ्य शिविरमा डा.शेखर</span> <span class='c2'>कोइरालाले जाँचे बिरामी</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । सो अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।


शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ । उनीहरुले नोबेलमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट पाउँनेछन् । नोबेलले बिरामीलाई अस्पताल ल्याउँन र उपचार पश्चात घर पुर्याउन गाडीको व्यवस्था पनि मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्