ओलम्पिक डे काे अवसरमाओलम्पियनहरुको पुनर्मिलन हुने

ओलम्पिक डे काे अवसरमाओलम्पियनहरुको पुनर्मिलन हुने

विराटनगर । नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ ।

शुक्रबार प्रेश सम्मेलनको आयोजना गर्दै संघले आषाढ ७ गते अहिले सम्म जो भौतिक रुपमा रहेका ओलम्पियनहरु छन् तिनको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो । नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो । संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो । ओलम्पियनहरु आआफ्नो कार्य ब्यस्तताका कारण सवै सधै एकै ठाउमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए । बिष्टले बिदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागि गराउन प्रत्यक्ष प्रशारण मार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन बिशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए ।

संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा २०७९ आषाढ ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चविच मैत्रीपूणर् फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तरगत विभिन्न स्कुलका बिद्यार्थी र ओलम्पियनविच अन्तरकृया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्