डुबेर युवकको मृत्यु

डुबेर युवकको मृत्यु

दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ ।

माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।

विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्