विराटनगरको तृष्णामा आज अनुप्रस्थको प्रस्तुति : २ जनाले फ्री टिकट जित्नसक्ने अवसर

विराटनगरको तृष्णामा आज अनुप्रस्थको प्रस्तुति : २ जनाले फ्री टिकट जित्नसक्ने अवसर

विराटनगर । विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा द क्रेभिङ टेल्समा आज अनुप्रस्थ ब्याण्डको साङ्गितिक प्रस्तुति हुने भएको छ ।

आज साँझ ६ बजेदेखि नेपालको चर्चित ब्याण्ड अनुप्रस्थले तृष्णामा आफ्नो साङ्गितिक प्रस्तुति दिने भएको हो । ब्याण्डले 'दिन त्यो पनि थियो' तथा 'सुख र दु:ख' जस्ता चर्चित गीतहरुमा आफ्नो प्रस्तुती दिने भएको तृष्णाका सञ्चालक अमन साहले बताएका छन् । उनले कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि रु. ५०० का दरले टिकट बिक्री भईरहेको जानकारी दिए । आजको प्रस्तुति बारे तृष्णाको आधिकारिक फेसबुकमा गरिएको पोस्ट सर्वाधिक शेयर गर्ने २ जनालाई समेत फ्री टिकटको व्यवस्था गरिएको उनको भनाई छ । उनले भने, 'आजको कार्यक्रमको सम्पुर्ण जानकारी सहितको तस्बिर हामीले आफ्नो पेजमा राखेका छौं । त्यो पोस्ट शेयर गर्दा जसको पोस्टमा सर्वाधिक लाईक र कमेन्ट आउँछ, उहाँले फ्री टिकट पाउनुहुन्छ ।'

कार्यक्रम सम्बन्धि थप जानकारी भने ९८१९३८४६३९ र ९८०२७६०५९३ मा सम्पर्क गरेर लिन सकिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्