भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाणको निर्देशन

<span class='c1'>भूमिहीनलाई प्राथमिकतामा राखेर काम</span> <span class='c2'>गर्न गृहमन्त्री खाणको निर्देशन</span>

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिनुभएको छ । (जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा आज भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाणले सबै नागरिकलाई घरजग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताउनुभयो । सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरुप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उहाँले उल्लेख गर्नुभयो ।

“सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाइँहरु काम गर्नुस्,” मन्त्री खाणले भन्नुभयो । स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उहाँले आयोग र स्थानीय पालिकाको समन्वमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिनुभयो ।

सरकारका कुनै पनि कार्यालयले भूमि आयोगलाई सहयोग दिनु पहिलो दायित्व भएकाले सबैसँग सहयोग लिएर भूमिहीनलाई भूमिको व्यवस्था गरेर आफ्नो कामको सुरुआत गर्न मन्त्री खाणले पालिकाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाएको उल्लेख गर्दै आयोगसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्