सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर मोटरसाइकल एक्सपेरिया अन्तर्राष्ट्रिय बजारमा ल्याएको छ । यो बाइकको विशेषता भनेको एक पटक चार्जमा ४२० किलोमिटरको दूरी तय सक्नु हो । यसको अर्थ यो बाइक अहिलेसम्मकै सबैभन्दा बढी रेन्ज दिने बाइक हो ।

इनर्जिका एक्सपेरिया बाइकमा २२.५ किलोवाटको ब्याट्री प्याक प्रयोग गरिएको छ । यसलाई ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । २४ किलोवाट डीसी फास्ट चार्जर प्रयोग गरेर यसको चार्जिङ समयलाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यसबाहेक बाइकमा चार्जिङका अन्य केही विकल्प पनि उपलब्ध छन् ।

इलेक्ट्रिक ब्याट्रीले विद्युतीय मोटरलाई शक्ति दिन्छ, जसले १०१ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ। यस मोटरको कार्यसम्पादन घटाएर बाइकको क्रुजिङ दायरा थप बढाउन सकिने कम्पनीले जनाएको छ ।

मोटरसाइकललाई इको, रेन, अर्बन र स्पोर्ट गरी चार मोडमा चलाउन सकिन्छ। यसबाहेक यसमा ६–लेभल ट्र्याक्सन कन्ट्रोल सिस्टम, क्रुज कन्ट्रोल र टीएफटी डिस्प्ले पनि छ। यसमा स्ट्यान्डर्ड हिटेड ग्रिपहरूसँग पनि आउँछ, तर अन्तर्राष्ट्रिय रूपमा बिक्री हुने मास मार्केट मोडलमा यसलाई वैकल्पिक बनाइनेछ। यसका अलावा हाई, मिडियम, लो र अफमा फोर–लेभल रिजेनेरेटिभ ब्रेकिङ पनि आउँछ।

बाइकलाई धेरै कार्यमा प्रयोग गर्न सकियोस् भन्ने उद्देश्यले नयाँ ट्युबुलर फ्रेम तयार गरिएको छ । साथै, ब्याट्री, ब्याट्री कन्ट्रोलर र मोटर विशेष रूपमा टुरिङ आवश्यकताहरूको लागि डिजाइन गरिएको थियो। तस्बिरहरूबाट अनुमान लगाउन गाह्रो छैन कि एक्सपेरिया आरामदायी र सीधा सवारीको लागि डिजाइन गरिएको हो।

यद्यपि यो बाइक तत्काल नेपाल आउने सम्भावना भने छैन । भविष्यमा पनि यो बाइक छिट्टै नै नेपाल आउने अनुमान गर्न सकिदैन ।
नेपाल अटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्