मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गर्नुभएको छ । उहाँले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गर्नुभएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गरेका भनाइ छ । प्रत्येक वर्षको मङ्सिरमा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्