राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

काठमाडौँ । विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदनहरु राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधयेक २०७६ र प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधयेक २०७६ सभासमक्ष पेस गर्नुभएको हो ।

त्यसैगरी उहाँले विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पनि सभासमक्ष पेस गर्नुभयो । रासस

तस्बिर: रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्