तीन महिनामा तीन बलात्कारपछि मृत्यु…

तीन महिनामा तीन बलात्कारपछि मृत्यु…

चितवन । जिल्लामा पछिल्लो तीन महिनामा बलात्कारपछि उपचारको क्रममा तीनको मृत्यु भएको छ । राप्ती नगरपालिका–१ मा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–१ पिप्लेकी २७ वर्र्षीया महिला रहेकी छन् । उनको यही जेठ ३१ गते उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–१० मा श्रीमान्ले योनीमा क्षति पु¥याउँदा उपचारका क्रममा श्रीमतीको मृत्यु भएको छ । ती महिलाको जेठ १७ गते उपचारका क्रममा मृत्यु भएको हो । उनलाई श्रीमान्ले जेठ १२ गते कुटपिट गरी योनीमा क्षति पु¥याएका थिए । इच्छाकामना गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ । नातामा भाञ्जा पर्नेले जबरजस्ती करणी गरेको जाहेरी दर्ता गरिएको भोलिपल्ट ती वृद्धाको मृत्यु भएको हो । तीनवटै मुद्दामा संलग्नलाई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा विसं २०७८ पुस १७ गतेदेखि २०७९ जेठ मसान्तसम्ममा ६६ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्कअनुसार पछिल्ला तीन वर्षमा सोही समयमा भएका घटनालाई हेर्दा सबैभन्दा धेरै यस वर्ष भएको पाइएको छ ।

इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार विसं २०७७ पुस देखि २०७८ जेठसम्म ३८ वटा र ०७६ पुसदेखि २०७७ जेठसम्म ५८ घटना भएका थिए । यस वर्ष सबैभन्दा धेरै बालिका करणीको सिकार बनेका छन् । करणीमा पर्नेमा २५ बालिकाका घटना र चार महिलाका रहेका छन् । करणीको प्रयासमा एक महिला, हत्यामा तीन महिला र दुई घटनामा पुरुष परेका छन् ।

बालयौन दुराचारमा १२ घटनामा बालिका, बहुविवाहमा ११, आत्महत्या दुरुत्साहनामा तीन, जनप्रतिनिधिबाट दुव्र्यवहारमा एउटा, हातहतियार मा तीन वटा र हत्या प्रयासमा दुई घटना भएको अधिकारीले जानकारी दिनुभयो । सहभागीले राखेका जिज्ञासाको जवाफ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिनुभएको थियो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्