एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् । नवनिर्वाचित अध्यक्ष नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष थिए । अहिले अन्य पदका लागि मतगणना जारी छ ।

शेर्पा र नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन् । एक वरिष्ठ उपाध्यक्ष र चार जना उपाध्यक्षका लागि शेर्पा र नेम्बाङ प्यानलबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्