विराटनगर । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा लामिछानेले दलको औपचारिक घोषणा गर्न लागेका हुन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका उनले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट उम्मेदवारी दिने भन्ने विषयमा अहिलेसम्म लामिछानेले केहि खुलाएका छैनन् ।
पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने उनीले निधो गरेका हुन् । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । उनी स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।
उनले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना समेत गरेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले उक्त कार्यालय खोलेका हुन् ।
आज घोषणा गर्न लागेका पार्टीको मुख्य नेतृत्वमा लामिछानेले रहनेछन् भने अन्य पदाधिकारीहरूको बारेमा केहि खुलाईएको छैन ।
फोटो:फाईल