प्रतिनिधिसभा बैठकः शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

<span class='c1'>प्रतिनिधिसभा बैठकः शेयर</span> <span class='c2'>कारोबार सुरक्षित बनाउनुपर्ने</span>

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उहाँले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराउनुभएको हो ।

“एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भन्नुभयो, “लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

उहाँले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको शेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै भन्नुभयो, “राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन ।” रासस

तस्बिर : रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्