अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

कास्की । पोखरा महानगरपालिका-१८ सेदीस्थित होटलबाट ३ किलो ७८० ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ निलकण्ठ गाउँपालिका-६ बस्ने २३ वर्षीय ईश्वर नेपाली समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्र बहादुर मल्ल र सोही नगरपालिका-१ घर भई सोही नगरपालिका-२ मिलन चोकस्थित ग्रिनलेण्ड प्लाजाका संचालक २९ वर्षीय चक्र सिंह पार्कीलाई ९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ४६ हजार ४५० नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-२ मलेखुबाट १ किलो ९४० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित खरेल होटलका संचालक मुक्तिराज खरेल र नवलपरासी(पूर्व) कावासोती नगरपालिका-८ बस्ने २७ वर्षीय सुदर्शन सापकोटा रहेका छन् । खरेलले गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्