अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

पर्सा । पटेर्वासुगौली गाउँपालिका-४ अकुवा टोलबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ६८ वर्षीय रामेश्वर पन्जियारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रामेश्वरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-३ सहिद स्मृति स्कुल नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८८ ट्याब्लेट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-३ बस्ने १८ वर्षीय किशोर र नुवाकोट विदुर नगरपालिका-४ बस्ने २० वर्षीय सुनिल भुजेल रहेका छन् ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्