विभिन्न हातहतियार सहित पक्राउ

विभिन्न हातहतियार सहित पक्राउ

रामेछाप । गोकुलगंगा गाउँपालिका-६ ग्यामकिरी बस्ने ६२ वर्षीय आइते तामाङलाई १ थान भरुवा बन्दुक, १० ग्राम बन्दुकमा प्रयोग हुने बारूद र ४ थान फलामको टुक्रा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आफ्नै घरभित्र भरुवा बन्दुक लुकाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्