सत्यमोहन जोशीको घरको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

सत्यमोहन जोशीको घरको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने

काठमाडौँ । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा रहेको सङ्ग्रहालयमा चक्रसंवर पौभा भित्तेचित्र निर्माण गरिने भएको छ ।

पौभा चित्र निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले आज जोशी निवास पुगी सो जानकारी गराउनुभएको हो ।

केही समयअघि संस्कृतिविद् जोशीले आफूलाई घरमा बोलाएर निवासमा बनेको सङ्ग्रहालयमा आफ्नो अन्तिम इच्छाबमोजिम चक्रसंवर पौभा भित्ते चित्र निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गर्नुभएको मन्त्री श्रेष्ठले राससलाई जानकारी दिनुभयो । संस्कृतिविद् जोशीको आग्रहअनुसार नै मन्त्रालयले बजेट विनियोजन गरेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्