२ घण्टामा फुल चार्ज, २४० किलोमिटर सम्मको माइलेज दिने इलेक्ट्रिक स्कुटर अब नेपालमा

२ घण्टामा फुल चार्ज, २४० किलोमिटर सम्मको माइलेज दिने इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं । नेपाली बजारमा नयाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘ब्राभो’ भित्रिएको छ । जम्बो मोटर्सले हालै सो भारतीय कम्पनीको इलेक्ट्रिक स्कुटर भित्र्याएर टेस्ट राइड कार्यक्रम संचालन गरिरहेको छ ।

२ घण्टामा फुलचार्ज हुने र २४० किलोमिटर सम्मको माइलेज दिने सो स्कुटर छिट्टै बिक्री–वितरण समेत शुरु गर्ने कम्पनीले जनाएको छ । ​ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध छ ।

ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा २० एम्पियर ७२ भोल्ट र ४० एम्पियर ७२ भोल्टको गरी दुई भेरिएन्टको ब्याट्री पाउन सकिन्छ ।

कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जमा भेरिएन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

स्कुटरमा टीएफटी डिस्प्ले, किलेस स्टार्ट,वााइडर टायर, टेलिस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् ।

जम्बो मोटर्सले हाल यो स्कुटरको परीक्षण मात्र चलिरहेको र केही समय पश्चात औपचारिक रुपमा यसको मूल्य समेत सार्वजनिक गर्ने जनाएको छ । यसको मूल्य ३ लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।

जम्वो मोटर्स हेटौडाका व्यावसायिक ग्रुपले संचालन गरेको कम्पनी हो । जम्वो मोटर्स अन्तर्गत कम्पनीले ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्टिक स्कुटर विक्री गर्दै आएको छ । नेपाल अटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्