काठमाडौं । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ ।
बिजुक्छेँलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो । बिजुक्छेँकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो । रासस
फोटो:फाईल