झापाको गौरादहमा नालीमा डुबी १ जनाको मृत्यु

झापाको गौरादहमा नालीमा डुबी १ जनाको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिका-९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबी १ जनाको मृत्यु भएको छ ।

स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात आफन्तले खोलतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

मृतक लाश पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको थियो । घटना बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्