सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिद–१९ को सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताउनु भएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, “अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।”

“जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।”

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किनुभएको हो । मे १५ मा भएको निर्वाचनपछि उहाँले पहिलो पटक विदेशको औपचारिक भ्रमण गर्नुभएको हो ।

मोहमुद पूर्व शैक्षिक तथा शान्ति अभियान्ता हनुहुन्छ । उहाँ पहिले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति हुनुभएको थियो उहाँको पहिलो प्रशासन भ्रष्टाचार र लडाइँको कारण प्रभावित बनेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संकटग्रस्त अफ्रिकी यस राष्ट्रले २६ हजार ७४८ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । यसमध्ये एक हजार ३६१ जनालाई घातक खालको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्