‘रातकी रानी’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘रातकी रानी’ बोलको म्युजिक भिडियो सार्वजनिक

विराटनगर । मोडल करिश्मा ढकाल र खेमराज भट्टराई अभिनित ‘रातकी रानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा गायक सुशान्त रेग्मीको स्वर, शब्द रमेश भट्टराई र रामकाजी कार्की रहेको छ । गीतलाई रमेश भट्टराईले सङ्गीत संयोजन गरेका हुन् । विरेन्द्र भट्टले छायाङ्कनमा प्रविन थापाले निर्देशन गरेका हुन् । भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । ‘ भरिएको प्याला रै छेउ प्रेम जहरकी , निद्रा भगाई दिने सबको नजरकी ’ लगायत मिठा शब्द उक्त म्युजिक भिडियोमा समावेश गरिएको छ ।

‘सुविस्ता इन्टरटेन्मेन्ट’ ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्