प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रमिला सुनुवारको ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालिका खिजीमा आज ५४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवारलगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहनाका साथै सामाजिक कार्यमा समेत प्रमिला सुनुवारको संलग्नता रहँदै आएको थियो । उहाँका श्रीमान् र दुई छोरा हुनुहुन्छ । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्