भारी वर्षाले चीनको जियाङ्सीमा २० लाखभन्दा बढी मानिस प्रभावित

भारी वर्षाले चीनको जियाङ्सीमा २० लाखभन्दा बढी मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा जुन १६ देखि २१ गते शनिबार बेलुका ४ः३० बजेसम्म परेको भारी वर्षाका कारण २० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार पछिल्लो चरणको वर्षाले प्रान्तका ७४ काउन्टी प्रभावित छन् भने कुल ३ लाख २ हजार बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । उक्त वर्षा तथा बाढीबाट १५०,००० हेक्टरजमिनमा लगाइएको बाली नष्ट भएको छ बने ६.७९ बिलियन युआन (लगभग १.०१ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक नोक्सानी बएको बताइएको छ।

प्रान्तले शनिबार बिहान १० बजे (बेइजिङ समय) देखि बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया शुरु गरेको प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएको छ ।

चीनले चार प्रकारको रङयुक्त मौसम चेतावनी प्रणाली विकास गरेको छ जसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेंलो र निलो रङ्ले क्रमशः कम खतराको। रासस/एएनआई
फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्