बलिउड अभिनेत्री आलिया भट आमा बन्दै

बलिउड अभिनेत्री आलिया भट आमा बन्दै

बलिउड अभिनेत्री आलिया भट केहि महिना भित्रै आमा हुने भएकी छिन् । रणबीर र आलिया भटले यसै वर्ष १४ अप्रिलमा विवाह गरेका थिए । आलियाको प्रेग्नेन्सी पोस्टमा उनकी आमा सोनी राजदान र आमाजु रिद्धिमाको पनि प्रतिक्रिया आएको छ । रिद्धिमाले हार्टको इमोजी बनाएकी छिन् भने उनकी आमा सोनी राजदानले लेखेकी छिन्, ‘बधाई मामा एन्ड पापा लायन । ’

अहिले उनी गर्भवती छिन् । सामाजिक संजाल इन्स्टाग्राम मार्फत उनले आफु गर्भवती भएको जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।

आलियालाई आफ्नी छोरी मान्ने करण जोहरले पनि आफ्नो खुसी व्यक्त गरेका छन् ।

आलियाले इनस्टामा दुईवटा तस्बिर सेयर गरेकी छिन् । पहिलो फोटोमा उनी अस्पतालको बेडमा सुतिरहेकी छिन् र उनको सोनोग्राफी भइरहेको छ । कम्प्युटर स्क्रिनलाई ब्लर गरेर त्यसमा हार्ट इमोजी बनाइएको छ । एजेन्सी

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्