बुल्गेरियाका प्रधानमन्त्रीद्वारा राजीनामा

बुल्गेरियाका प्रधानमन्त्रीद्वारा राजीनामा

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन् ।

संसदको प्रेस कार्यालयले जनाए अनुसार विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुर्ने संवैधानिक प्रावधान छ । पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाउको हैसियतमा काम गर्ने छ ।

सत्तारुढ गठबन्धनका चार साझेदार मध्येको एक जनता पार्टीले गत डिसेम्बरमा निर्वाचित भएको सरकारमा आफ्नो सहभागिता फिर्ता लिएको दुई सातापछि बुधबार मन्त्रिपरिषद् विघटन गरिएको थियो। रासस-एएनआई/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्