राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु

राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुनेभएको छ ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक कुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ), आयोजक न्यू डायमण्ड स्पोट्र्स क्लब, नेपाल पुलिस क्लब र काठमाडौँको परोपकार आदर्श माध्यमिक विद्यालयको सहभागिता रहनेछ । सहभागी टोलीबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोबिनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतियोगितामा उपाधि विजेता टोलीले रु पाँच लाख प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ५० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख २५ हजार र चौथो हुने टोलीले रु ७५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार र विधागततर्फको उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही रु १० हजार पाउनेछन् । भोलिदेखि सुरु हुने उक्त प्रतियोगिता चार दिनदिन सम्म चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्