नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बिरामीको निःशुल्क उपचार

<span class='c1'>नोबेलको ‘एम्बुलेन्स क्याम्प’</span> <span class='c2'>बिरामीको निःशुल्क उपचार</span>

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी विरामीको निःशुल्कउपचार गरिएको छ ।

‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ विरामीले निःशुल्क उपचार पाएका हुन् । नोबेल अस्पतालका सञ्चालकएवं समाजसेवी डा.सुनिलशर्माले सो क्षेत्रकानागरिकको निःशुल्क उपचारका लागि‘एम्बुलेन्स क्याम्प’सञ्चालन गर्ने व्यवस्था मिलाइ दिएका हुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनको अवधिमा १६२३ जनाको मुटुको जाँच (इसीजी), १७८९ जनाको रगत परीक्षण र १८६३ जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ । दाँतमा समस्याभएका २६३ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ४४६३ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ६९३ जनाको शल्यक्रिया समेत भएको छ ।

मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवाप्रदान गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए। नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालनगर्न थालेको हो । जस अन्तर्गत शनिवारबाहेका हरेक दिनदुई टोली डाक्टरहरु टोलटोलमापुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजीगर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्कतिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइ दिएका हुन् ।

एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नहुँने विरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । विरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्था मिलाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्