दिल्लीमा ९७० जना कोरोनाका नयाँ सङ्क्रमति

दिल्लीमा ९७० जना कोरोनाका नयाँ सङ्क्रमति

सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतको दिल्ली शहरमा कोरोना भाइरसबाट थप ९७० सङ्क्रमित भएका दिल्ली सरकारले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा जानकारी दिएको छ ।

सो बुलेटिनका अनुसार २४ घण्टाको समयावधीमा एक हजार २३८ जना कोरोनाका बिरामी निको भएका छन् । यस शहरमा कोरोना शुरु भएबाट हालसम्म १८ लाख ६५ हजार ७५५ जना कोरोनाका बिरामी निको भएका समाचारमा जनाइएको छ ।

दिल्ली शहरमा कोरोनाको महामारीबाट उक्त समयमा एक व्यक्तिको मृत्यु भएको छ । यस शहरमा कोरोना शुरु भएदेखि हालसम्म २६ हजार १८४ जनाले ज्यान गुमाएका छन् । यस शहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २०२ जना रहेका जनाइएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख भन्दा बढी पुगेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । दिल्ली शहरमा मात्र तीन करोड ३८ लाख एक हजार ६८७ डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्