चीन र अफगान विदेशमन्त्रीबीच टेलीफोनवार्ता

चीन र अफगान विदेशमन्त्रीबीच टेलीफोनवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानको अन्तरिक सरकारका कार्यबाहक विदेशमन्त्री अमिर खान मुताकीबीच फोनवार्ता भएको छ । विदेश मन्त्री वाङले सोमबार अफगानिस्तानका कार्यबाहक विदेशमन्त्री मतिकीलाई फोन गरेर गत साताको भूकम्पबाट अफगानिस्तानमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।

साथै उनले अफगान सरकार र जनताप्रति सहानुभूति जनाएका थिए । चीन अफगानिस्तानको साथमा रहेको भन्दै उनले भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच,अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । यही असार ८ गतेको शक्तिशाली भूकम्पमा परी एक हजार एकसय पचासभन्दा बढीको ज्यान गएको र दुई हजारभन्दा बढी घाइते भएका बताइएको छ ।

भूकम्प पीडितलाई छिमेकी पाकिस्तान, भारत, युरोपेली सङ्घमा आवद्ध देशका साथै अन्य एशियाली मुुलुक र अन्तर्राष्ट्रिय रेडक्रसले पनि राहत सामग्री प्रदान गरेका छन् । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्