रुसका विपक्षी नेता पक्राउ

रुसका विपक्षी नेता पक्राउ

रुसी विपक्षी नेता इल्या यासिनलाई मस्कोमा पक्राउ गरिएको उनका वकिल भदिम प्रोखोरोभले मंगलबार जानकारी दिएका छन् । उनीमाथि प्रहरीको अवज्ञा गरेको आरोप लागेकोे फेसबुकमा प्रोखोरोभले लेखेका छन् ।

यासिनलाई जेलमा राख्ने, रिहा गर्ने वा घरमै नजरबन्दमा राख्ने भन्ने मस्कोको एक अदालतले मङ्गलबार निर्णय गर्न सक्ने बताइएको छ । यस आरोपमा अधिकतम १५ दिनको जेल सजाय हुन सक्ने प्रवधान रहेको प्रोखोरोभले बताएका छन् ।

यासिनलाई आफ्ना व्यक्तिहरुलाई भेट्न अनुमति दिएइएको छैन् । मंगलबार बिहान एक ट्वीटमा यासिनले सेल्फी पोस्ट गर्दै भने कि उनी अदालतको सुनुवाइमा जाँदै गरेको र ‘मलाई १५ दिनको हिरासतको औपचारिक रूप दिनेछ’। विवरण पछि बताउनेछु भनेका छन् ।

यासिनलाई सोमबार ढिलो पक्राउ गरिएको र उनी आफ्नो साथी इरिना बाब्लोयनसँग मस्कोको पार्कमा टहलिरहेका थिए । उनले जानकारी दिएका छन् । आफ्नो गिरफ्तारीको समयमा कसम खार्दै आफूले प्रहरीको अपमान नगरे र यो कुरा सत्य नभएइको उनले जानकारी दिएका छन्

यासिन सन् २०११–२०१२ मा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको जनप्रदर्शनपछि रुसमा प्रमुख प्रतिपक्षी व्यक्तित्वका रूपमा रहेका थिए ।

उनी जेलमा परेका विपक्षी व्यक्तित्व अलेक्सई नाभाल्नीको सहयोगी हुन् । सन् २०१५ मा मध्य मस्कोमा मारिएका विपक्षी नेता बोरिस नेम्त्सोभको नजिक थिए ।

उनले मस्को शहर जिल्लाको प्रतिनिधित्व गर्ने निर्वाचित प्रतिनिधि हुन् । हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणको उहाँले निन्दा गर्नुभएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्