कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु

<span class='c1'>कोलम्बिया जेल दङ्गाः</span> <span class='c2'>एकाउन्न जनाको मृत्यु</span>

पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।

कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।

सन् २०२० को मार्चमा बोगोटाको पिकोटा पेनिटेनियरीमा भएको दङ्गामा २४ कैदीको ज्यान गएको थियो । उनीहरूले कोभिड–१९ विरूद्ध कारागार प्रशासनले अघि सारेका सुरक्षात्मक उपायको विरोध गर्दा दङ्गा भएको थियो । अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिएभने १६ जनाको शिरच्छेदन गरिएको थियो । सन् २०१८ मा भेनेज्वेलाको एउटा कारागारमा अग्निदङ्गा हुँदा कैयौँ हताहत भएका थिए । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्