श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

श्रीलङ्काको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह ९पुनर्वास केन्द्र० बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् ।

श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ । प्रहरी प्रवक्ता निहान थल्दुवाले भन्नुभयो, “सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।” उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।

सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ ।

यसले गर्दा देशभरि खाद्यान्न, औषधी, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ । रासस/सिन्ह्वा

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्