महिलालाई प्रेमजालमा पारी लुटपाट गरेर फरार रहेका व्यक्ति पक्राउ

<span class='c1'>महिलालाई प्रेमजालमा पारी लुटपाट गरेर</span> <span class='c2'>फरार रहेका व्यक्ति पक्राउ</span>

रौतहट । महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित चपुर पराठा एण्ड गेष्‍ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रायभाट महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्