नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु, नौ घाइते

नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु, नौ घाइते

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस-इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो ।

मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ । रासस-एएनआई/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्