प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३०० ले घटेर रु.९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९७ हजार छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु.९७ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु.एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्