दक्षिण कोरियामा कोभिड-१९ का ९ हजार ५ सय ९५ नयाँ सङ्क्रमित फेला

दक्षिण कोरियामा कोभिड-१९ का ९ हजार ५ सय ९५ नयाँ सङ्क्रमित फेला

दक्षिण कोरियामा गत २४ घण्टामा (बुधबार मध्यरातसम्म) ९,५९५ नयाँ कोभिड-१९ का सङ्क्रमित फेला पारेका छन् ।

यो सँगै सङ्क्रमितको कुल सङ्ख्या १८,३५९,३४१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिन १०,४६३ बाट घटेको बताइएको छ । तर कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार यो एक हप्ता अघिको ७, ४९३ भन्दा बढी थियो।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा पाँचले कम भएर ५४ पुगेको छ ।

थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ जसबाट मृत्यु हुनेको सङ्ख्या २४,५४७ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत देखिएको छ । रासस-एएनआई/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्