मङ्गोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

<span class='c1'>मङ्गोलियामा घोडाबाट लडेर</span> <span class='c2'>८ बालबालिकाको मृत्यु</span>

मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मङ्गोलियाली राष्ट्रिय पर्व नादम नजिकिँदै गर्दा बाल जकीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दाहरू उठिरहेका बेला प्रहरीको उक्त वक्तव्य सार्वजनिक भएको हो । युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको आधिकारिक पर्व बिदा भने जुलाई ११ देखि १५ सम्म मनाइन्छ।

सन् २०२१८ मा मङ्गोलियाली सरकारले जाडोमा घोडा दौडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । राष्ट्रिय नादम घोडा दौडको नियम अनुसार बाल जकीको न्यूनतम उमेर सात वर्ष तोकिएको छ । यद्यपि यो नियम देशमा वर्षभरि आयोजना हुने सबै घोडा दौडहरूमा भने लागू हुँदैन। रासस-सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्