अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्